पाल्पाको तिनाउमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १० घाइते

राष्ट्रपाटी न्युज

फाल्गुन १, २०८०

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । मृतकको पहिचान भने हुन सकेको छैन । घटनामा १० जना घाइते भएका छन् । घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान गरेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Published :फाल्गुन १, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media