दाङमा गाेली हानी महिला प्रहरीको हत्या

राष्ट्रपाटी न्युज

फाल्गुन ४, २०८०

दाङ । दाङमा गाेली हानेर महिला प्रहरीको हत्या भएकाे छ ।

घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहरी हवल्दार यमबहादुर झाक्रीले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे दाङ प्रहरी प्रमुख राम बहादुर केसीले जानकारी दिए । झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेकाे बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 


Published :फाल्गुन ४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media