त्रिविको उपकुलपतिमा प्राडा बराल नियुक्त

राष्ट्रपाटी न्युज

फाल्गुन १०, २०८०

काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।

उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् ।

उपकुलपति सिफारिस समितिले  तीनजनाको सिफारिस गरेकोमा  प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गरेका हुन् ।


Published :फाल्गुन १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media