जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

राष्ट्रपाटी न्युज

फाल्गुन १३, २०८०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-५ चिसापानी बस्ने शोभा कुईकेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय राकेश शिवाकोटी समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६७ हजार २ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Published :फाल्गुन १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media