नवनियुक्त उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण

राष्ट्रपाटी न्युज

फाल्गुन २७, २०८०

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो छरितो व्यवस्था मिलाउने निर्णय गरेका छन् ।

आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यादवले संघीय तथा प्रादेशिक अस्पतालहरूमा शल्यक्रियाको समय लिन बिरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिन सक्ने निर्णय गरेका हुन् ।

बिरामीहरू लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले सहज बनाउँदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत् घरैबाट पनि समय लिने व्यवस्था मिलाउने बताए।


Published :फाल्गुन २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media