संसदमा कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरूले आ-आफ्नो सिटबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद दिपक गिरीलाई बोल्न समय दिएका थिए।

सांसद दिपक गिरीले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्रीको राजीनामा माग गरे। उनले सहकारी पीडितहरूले लामिछानेमाथि सप्रमाणसहित लिखित उजु्री परेकोमा अनुसन्धान नगरी उल्टै गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीमाथि खनिए । गिरीले अहिलेको अवस्थामा एउटै विकल्प लामिछानेको राजीनामा भएको जिकिर गरे ।

उनले स्वार्थ बाझिने गरि लामिछानेलाई किन गृहमन्त्री बनाउनुपर्यो भनेर प्रश्न  समेत गरे।

नेता गिरीले संसदमा आफूले उठाएका विषयमा सरकार गम्भीर नबनेको आरोप लगाए। पोखराको सूर्यदशन सहकारी ठगी प्रकरणमा बचत कर्ताले रवि लामिछाने र माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित १८ जनाविरुद्ध उजुरी दिएको बताए ।

उनले प्रतिपक्षका मागहरूलाई वेवास्ता गर्दै मुलुकलाई अराजकतातिर लैजान खोजिएको भान भइरहेको उल्लेख छ ।


Published :६ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media