अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

चैत्र १२, २०८०

काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका– ७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो । मृत्यु हुने सबै पुरुष छन्, उनीहरुको नाम खुलेको छैन । घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।

 


Published :चैत्र १२, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media