कर्णालीमा पौडी खेल्न हाम फालेका १७ मध्ये एकजना बेपत्ता

राष्ट्रपाटी न्युज

चैत्र १३, २०८०

सुर्खेत । कर्णाली नदीमा पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएका छन्।

होलीको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम फालेका १७ जनामध्ये एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

पुलबाट नदीमा हाम फालेका उनी बेपत्ता भएपछि अहिले उनको खोजी जारी रहेको छ ।


Published :चैत्र १३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media