त्रिविले स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने

राष्ट्रपाटी न्युज

चैत्र १७, २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै संकायको स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्न पत्रहरु अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो  ।

त्रिविले आगामी प्रथम बर्षको परीक्षा देखि नै लागु गरि क्रमश: दोस्रो, तेस्रो र चौथो बर्षमा लागु गर्ने जानकारी दिएको छ  ।

 


Published :चैत्र १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media