इरानी सेनाद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण

काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ ।

सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ ।

इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।


Published :२ बैशाख २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media