बुढानीलकण्ठ नगरपालिकाको निजि विद्यालयलाई कडा निर्देशन ? अब के होला ?

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरूलाई कडा निर्देशन जारी गरेको छ। बुढानीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललित बिक्रम सिंहको हस्ताक्षरमा जारी निर्देशनमा संस्थागत विद्यालयहरू नियमन गर्न केहि अत्यन्त महत्वपूर्ण बिषयहरु समाबेश गरिएका छन्।

निर्देशन अनुसार बिधालय परिसरबाट पुस्तक, स्टेशनरी सामान , झोला लगायत बेच्न प्रतिबन्ध लगाइएको छ भने बिधालयको लोगो बिनाको पोशाक लगाउनु पर्नेछ।

त्यसैगरी बिधालयको मासिक शुल्क लगायत बिभिन्न शुल्क समेत नगरपालिकाले तोकेबमोजिम हुनुपर्ने कडा नियम जारी गरेको छ।

नयाँ शैक्षिक सत्रको शुरुवात संगै नगरपालिकाले बिभिन्न बिधालयहरुमा अनुगमन समेत गरेको छ भने केहि बिधालयहरु कारबाहीको प्रक्रियामा समेत आइसकेको बताइएको छ।

अब हेरौं निजि बिधालयहरुले आगामी दिनमा कस्तो कदम चाल्ने छन्।

बुढानीलकण्ठ नगरपालिकाले संस्थागत विद्यालयहरूलाई दिएको निर्देशन एस्तो छ।


Published :७ बैशाख २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media