भोलि बुढानीलकण्ठ नगरपालिकामा सार्वजनिक सुनुवाई !!

राष्ट्रपाटी न्युज

जेष्ठ ३, २०८१

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकाको चालु आर्थिक वर्ष ०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकाबाट सञ्चालन गरिएका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयहरुमा सरोकारवाला एवं नगरवासीहरुको जिज्ञासा, प्रतिक्रिया तथा सुझाव लिनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना हुन गईरहेको छ ।

कार्यक्रम २०८० जेठ ४ गते बिहान ८ बजे देखी ११ बजे सम्म बुढानीलकण्ठ नगरपालिका कार्यालयको परिसरमा हुने नगरपाकिकाले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा आगामी आर्थिक वर्ष ०८१।८२ को नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा सुझाव संकलन कार्यक्रम आयोजना गरिएको हुनाले बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र क्रियाशील उपभोक्ता समिति, क्लब, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, दलित, जेष्ठ नागरिक, पिछडिएका वर्ग लगायत सरोकारवाला सबैको सहभागिताको लागि नगरपालिकाले अनुरोध गरेको छ ।

सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रमः
मितिः २०८१ जेठ ४ गते शुक्रबार
समयः बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म
स्थानः बुढानीलकण्ठ नगरपालिका कार्यालयको परिसर, हात्तीगौँडा, काठमाडौँ।


Published :जेष्ठ ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media