Close Menu
    आजका समाचार

    चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने

    मंसिर ३ २०८३, बिहिबार

    पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मंसिर ३ २०८३, बिहिबार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने
    • पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
    • चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
    • एनपीएलः चितवनद्वारा सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य
    • वैदेशिक रोजगार ठगी प्रकरणः दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
    • एमालेको राष्ट्रिय भेला सम्पन्नः २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित
    • नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, तीन अर्ब ८७ करोडको कारोबार
    • कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»अर्थ»कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
    अर्थ जेष्ठ २० २०८१, सोमवार

    कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

    Manoj KhatiwadaBy Manoj Khatiwadaजेष्ठ २० २०८१, सोमवारNo Comments0 Views
    Clock जेष्ठ २० २०८१, सोमवार

    विराटनगर ।  कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ।  सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं अधिवेशनको चौथो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    नीति तथा कार्यक्रममार्फत प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा गरी ‘शान्ति, समानता र सुशासनसहितको समृद्ध प्रदेश’ निर्माण गर्ने लक्ष्यका साथ दोस्रो आवधिक योजना तर्जुमा गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजाने उल्लेख गरेको छ ।

    त्यसति दिगो विकासका लक्ष्यहरूलाई स्थानीयकरण गरी उपलब्धिहरूको समीक्षा गर्ने, तीन वर्षको समष्टिगत वित्त खाका, बजेट तथा कार्यक्रम र नतिजाको खाका समावेश भएको मध्यकालिन खर्च संरचना तर्जुमा तथा कार्यान्वयनलाई निरन्तरता दिँदै प्रदेशका जनताको शान्ति, समृद्धि र विकाशको चाहाना सम्बोधन गर्न आवश्यक योजनागत प्रबन्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    नीति तथा कार्यक्रममा कर्मचारीहरूको समस्या समाधानका लागि अध्ययन गरी प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधनका लागि विधेयक पेस गर्ने, प्रदेशका सेवानिवृत्त कर्मचारीले पाउने सेवा सुविधा उपलब्ध गराउन निवृत्तभरण कोष र स्थानीय तहका कर्मचारीका लागि उपदान तथा निवृत्तभरण कोषको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

    प्रदेश र स्थानीय तहका कार्यहरुको समन्वय, सहजीकरण र अनुगमन गर्ने, आर्थिक विकास, रोजगारी सृजना र दीगो विकास हुने परियोजनाहरू पहिचान गरी प्रत्येक जिल्लामा कम्तीमा एक–एक वटा रुपान्तरणकारी परियोजनाको सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गर्ने एवं आगामी आर्थिक वर्षमा लगानी सम्मेलन तथा विदेशमा नेपाली चिया प्रवर्धन गर्न अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने उल्लेख छ ।

    त्यस्तै धनकुटाको भेडेटारमा ‘स्काई वाक’ निर्माण गरी सञ्चालनमा ल्याउने, विराटनगरको २५ तले व्यवसायिक भवन परियोजना र सुनसरीको बर्जु ताल पर्यटन पूर्वाधारलगायतका प्रदेश लगानी प्राधिकरणले अगाडि बढाएका परियोजनाको निर्माण प्रारम्भ गर्न लगानीकर्तालाई प्रोत्साहित गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सरकारले नदी कटान, डुबान तथा आपतकालीन बाढी पहिरोको जोखिम नियन्त्रण, रोकथाम एवं व्यवस्थापन, नदी नियन्त्रणका लागि गुरु योजना, विद्युतीय सवारीको प्रयोगलाई प्रवर्द्धन, २० मेगावाटसम्मको लघु जलविद्युत र शौर्य विद्युत आयोजना सञ्चालन, आगामी २ वर्षभित्र प्रदेशका सबै घरमा विद्युतीकरण, जीर्ण तथा पुराना खानेपानी आयोजनाहरूको मर्मत सम्भार, सहरी क्षेत्रमा प्रशोधित खानेपानीको आपूर्ति र विपन्न वर्गलाई खानेपानीमा सहुलियत दिने विषय प्राथमिकतामा राखेको उल्लेख छ ।

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार

    नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, तीन अर्ब ८७ करोडको कारोबार

    मंसिर ३ २०८३, बिहिबार

    कोपमा २७ करोड डलरको जलवायु वित्त प्रतिबद्धता, थप दाताको प्रतीक्षा

    मंसिर ३ २०८३, बिहिबार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

    मंसिर ३ २०८३, बिहिबार

    काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

    मंसिर २ २०८३, बुधबार

    दुई कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

    मंसिर २ २०८३, बुधबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार50

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48

    खस-आर्यको प्रतिनिधित्व र शसक्त ‘कांग्रेस २.०’ निर्माणकालागि कुमार खड्काको उम्मेदवारी

    अशोज ११ २०८३, सोमवार48
    समाचार अपडेट
    खेलकुद

    चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लु्म्बिनीसँग भिड्ने

    By Manoj Khatiwadaमंसिर ३ २०८३, बिहिबार0

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम…

    पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

    मंसिर ३ २०८३, बिहिबार

    चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

    मंसिर ३ २०८३, बिहिबार

    एनपीएलः चितवनद्वारा सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य

    मंसिर ३ २०८३, बिहिबार

    वैदेशिक रोजगार ठगी प्रकरणः दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

    मंसिर ३ २०८३, बिहिबार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.