
काठमाडौँ। लियो एक विशुद्ध सामाजिक, गैरराजनीतिक र स्वतन्त्र युवा नेतृत्व विकास गर्ने संस्था हो । लायन्स क्लब अन्तर्राष्ट्रियको युवा साजेदार सस्थाको रुपमा काम गर्ने यस सस्थाले समाजसेवा, युवा नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुराउने काम गर्दै आइरहेको छ।
लायन्स क्लब अन्तरास्ट्रियमा नेपाल बहुजिल्ला ३२५ को रुपमा कायम रहेको छ। यसै बहुजिल्ला अन्तर्गत १५ वटा जिल्ला परिषद रहेका छन। यिनै १५ मध्ये आफुलाई युवाको क्षमता विकासमा अब्बल सावित गरिरहेको जिल्ला परिषद हो लियो जिल्ला परिषद ३२५ जे नेपाल।
लियो जिल्ला परिषद ३२५ जे नेपाल अन्तर्गत काठमाडौं, नुवाकोट, गोरखा, कास्की, बाग्लुङभित्र गरी कुल ३१ वटा लियो क्लबले सक्रिय रुपमा युवाहरुको क्षमता अभिवृद्धि र नेतृत्व विकासको काम गर्दै आइरहेका छन ।
युवालाई समाज प्रती जिम्मेवार बनाउदै समाज सेवाको कार्यमा अग्रसर गराउने काम यस परिषदभित्रका क्लबहरुले गर्दै आएका छन । रक्तदान, मन्दिर तथा सार्वजनिक स्थलहरुको सरसफाई तथा संरक्षण, विद्यार्थीहरुलाई स्टेशनरी वितरण, स्वास्थ्य शिविर, जनचेतना फैलाउने काम,आदि मार्फत समाजलाई योगदान पुराउदै आएका छन। यस संस्थाले विभिन्न तालिमहरू पनि सञ्चालन गर्दै आइरहेको छ।
देशमा केही गर्छु भन्ने युवालाई नेटवर्किङमा सहज गराउदै हरेक क्षेत्रमा नेतृत्व गर्न सक्षम बनाउदै आएकोले पनि लियो क्लब प्रती युवाको आकर्षण बढेको छ। आफुले आफुलाई क्षमतावान र हर कार्यको लागि योग्य बनाउन यस सस्थामा आवद्ध हुनपर्ने लियो जिल्ला परिषद ३२५ जे नेपालका प्रवक्ता लियो सुदिप राज फुयालले बताएका छन।