
काठमाडौं। Malin Media ले आयोजना गरेको 5th Season को Spell Bee (English Spelling Contest) मा रिलायन्स कलेजकी छिरिङ्ग केसाङ्ग शेर्पाले उपाधि जितेकी छिन् ।
कान्तिपुर टिभिबाट विगत ७ महिनादेखि प्रत्येक बुधबार बेलुकी ९ बजेदेखि १० बजे सम्म प्रशारण हुँदै आएको प्रसिद्ध शैक्षिक कार्यक्रम जनमानसमा निकै रुचाईएको कार्यक्रमको रुपमा रहेको छ । यो प्रसिद्ध कार्यक्रम जितेसङ्गै रिलायन्स कलेजकी मानविकी संकायकी छात्रा छिरिङ्ग केसाङ्ग शेर्पाले रु ३,००,००० ( तीन लाख ) नगद पुरस्कार जितेकी छिन् । चर्चित र बौद्धिक पत्रकार भुषण दाहालले संचालन गर्दै आएको सो कार्यक्रममा देशभरिबाट करिब ९०० कलेजले सहभागिता जनाएका थिए । रियालिटी शो को झल्को दिने गरि शुरु गरिएको यो कार्यक्रममा मलिन मिडियाले देशभरि रहेका कलेजहरुको प्राङ्गणमा पुगेर प्रतियोगीहरु छनौट गरेको थियो ।
रिलायन्स कलेजकी छात्रा छिरिङ्ग केसाङ्ग शेर्पाले पाँचौ संस्करणको उपाधि जिते सङ्गै सो कलेजका प्रचार्य रविन्द्रजङ्ग थापाले रिलायन्स कलेजले विद्यार्थीहरुको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउन नियमित अतिरिक्त क्रियाकलापलाई अत्यन्त प्राथमिकता दिएकोले यस्ता ठूला ठूला प्रतियोगितामा रिलायन्स कलेज सधै नै अब्बल रहने गरेको बताएका छन्।
रिलायन्स कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख गोविन्द ढकालका अनुसार कलेजले वर्षभरि गरिने अतिरिक्त क्रियाकलापको तालिका नै बनाएर नियमित र निरन्तर यो र यस्ता कार्यक्रम गर्दै आएको जसको जगमा यस्ता ऐतिहासिक सफलता प्राप्त हुँदै आएको छ ।
मलिन मिडयाका प्रबन्ध निर्देशक महेश पोखरेलले छिट्टै नै औपचारिक कार्यक्रम आयोजना गरेर विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिने जानकारी दिएका छन ।