बुढानीलकण्ठ नगरपालिकाद्वारा प्रत्येक दिन राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु

राष्ट्रपाटी न्युज

२ श्रावण २०८१

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले प्रत्येक दिन राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरेको छ ।

नगरपालिकाको कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका नगरवासीहरुमध्ये Dear ….….. your NID card has been received at Budhanilkantha Municipality. You can collect your card with in office hours. Best regards  भनी आफ्नो मोबाइलमा म्यासेज आएका नगरवासीहरुले मात्र नगरपालिका परिचय पत्र वितरण स्टेसनमा गएर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने जनाइएको छ ।

नगरपालिकामा राष्ट्रिय परिचय-पत्रको दुईवटा सबस्टेसन स्थापना भएपछि प्रत्येक दिन वितरण कार्य सुरु भएको हो । दुईवटा सबस्टेसनमध्ये एउटाबाट दर्ता मात्र गरिने र अर्कोबाट वितरण गरिने  व्यवस्था मिलाइएको छ नगरपालिका पञ्जीकरण शाखा प्रमुख चन्द्रमणि पाण्डेले जानकारी दिए ।

परिचयपत्र वितरण आइतबारदेखि सुरु भएकाले कार्यालय समयमा गई संकलन गरिदिनुहुन नगर प्रमुख मीठाराम अधिकारीले आग्रह गरेका छन् ।

परिचय पत्र संकलन गर्न म्यासेज प्राप्त भएका नगरवासीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको Confirmation Page, नागरिकता प्रमाण पत्रको प्रतिलिपी  र राष्ट्रिय परिचयपत्र तयार भएको म्यासेज लगायतका कागजपत्रहरु अनिवार्य रुपमा साथमा लिई सम्बन्धित व्यक्ति आफैँ  कार्यालयमा उपस्थित हुनुपर्ने जनाइएको छ ।


Published :२ श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media