उधमी एवं समाजसेवी मुरारी प्रसाद भण्डारी सम्मानित

काठमाडौं । अनामनगर स्थित सिलौटो रेस्टुरेन्टमा भएको एक भव्य कार्यक्रममा पुस्तकालय अभियन्ता श्रीराजकुमार राईज्यूको ” किवाहाङ ” नामक उपन्यासको बिमोचन कार्यक्रम सम्पन्न भएको छ।

चर्चित राजनीतिक बिश्लेषक प्रा.डा . सुरेन्द्र केसी, राजकुमार राई , प्रतिष्ठित साहित्यकारहरू माया ठकुरी , दिनेश अधिकारी , किसोर पहाडी, बुलु मुकारुङ आदिद्वारा उक्त उपन्यासको लोकार्पण भएको थियो ।

प्राडा सुरेन्द्र केसीद्वारा कृतिको समीक्षा भएको थियोे भने लेखक राजकुमार राईले कृतिको विषयवस्तुमाथि प्रकाश पार्दै गोरखा समुदायको यथार्थ कथाबस्तु प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा उपन्यासकार राईले सचांलन गरेको “साब्लाबुङ पुस्तकालय अभियानका” लागि पुस्तक प्रदान गर्नहुने समाजसेवी,ब्यक्तिहरू लाई सम्मान तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको थियो।

उक्त भब्य कार्यक्रममा समाजसेवी तथा युवा उधमी एबम व्यावसायी मुरारी प्रसाद भण्डारीलाई उनले नेतृत्व गरेको पुस्तकालय अभियानसँग जोडिएर धेरै सहयोग पुर्याएको भन्दै सस्थाले सम्मान गरेको थियो। यस्तो प्रकारको सहयोग देशभित्र विभिन्न जिल्लामा पुर्याउदै आएको भन्दै सामाजिक अभियन्ता मुरारी प्रसाद भण्डारीलाई संस्थाको तर्फबाट धेरै धेरै सम्मान तथा बधाई समेत ज्ञापन गरिएको थियो।

यस पुस्तकालय अभियानले नेपालका दुर्गम जिल्लाहरूका १७ वटा पुस्तकालयहरूलाई ४० हजार सङ्ख्याका पुस्तकहरू प्रदान गरिसकेको छ भने चारवटा पुस्तकालयहरूलाई पनि पुस्तकहरू प्रदान गर्दैछ ।पुस्तकालय अभियानलाई राजकुमार राईले ४७ लाख मुल्य बराबारको पुस्तक र दाताहरूवाट ३४ लाख १३ हज़ारको पुस्तक प्रदान गरिएको छ । सङ्खुवासभा काठमाडौँ जर्नालिष्ट एशोसिएशन आयोजक र साब्लाबुङ पुस्तकालय अभियान सहआयोजक रहेको यस विमोचन कार्यक्रमको सभापतित्व एशोसिएशनका अध्यक्ष शङ्कर खनालले गरेका थिए भने स्वागत मन्तव्यका सोही संस्थाका उपाध्यक्ष उद्धव भट्टराईले राखेका थिए ।


Published :साउन ८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media