
काठमाडौं । नेकपा एमालेले बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरुमा इन्चार्ज चयन गरेको छ। यही साउन २२ गते जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको पहिलो पूर्ण बैठकले उक्त निर्णय गरेको हो।
उक्त निर्णय अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा सुरेन्द्र लामा, वडा नं २ मा भोला बिक्रम खड्का, वडा नं ३ मा राजेन्द्र खड्का ,वडा नं ४ मा अनिता लामा, वडा नं ५ मा कर्ण तामाङ, वडा नं ६ मा राममाया महर्जन , वडा नं ७ मा उत्तम पुर्कुटी, वडा नं ८ मा गोमा मग्राती, वडा नं ९ मा सुमित्रा त्रिपाठी पाण्डे ,वडा नं १० मा नवराज भट्टराई, वडा नं ११ मा राजु अधिकारी, वडा नं १२ मा भगवती निरौला तथा वडा नं १३ मा टिका नारायण श्रेष्ठ ( टिकेश ) लाइ इन्चार्जको रुपमा चयन गरिएको छ।