नेप्सेमा १०८ अङ्कको वृद्धि

राष्ट्रपाटी न्युज

२३ श्रावण २०८१

काठमाडौँ । मङ्गलबार उच्च गिरावट आएको नेप्सेमा आज उच्च अङ्कको वृद्धि भएको  । बुधबार नेप्से परिसूचक १०८. ३५ अङ्कले बढेर २७५९. ६७ को विन्दुमा कायम भएको हो ।

आज ३३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर दुई लाख १२ हजार ६८१ पटक खरिदबिक्री हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ७. ८९ प्रतिशतले बढेको छ ।

आज १० वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज कारोबार भएका तीनवटा कम्पनीको मात्रै घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन इन्स््योरेन्स लिमिटेडको रु एक अर्ब ५३ करोड ५३ लाख ६० हजार चार सय ७३ बराबरको १६ लाख ९४ हजार २१ कित्ता शेयर किनबेच भएको छ ।


Published :२३ श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media