अछाममा टिपर दुर्घटना हुँदा पाँचजना घाइते

राष्ट्रपाटी न्युज

साउन २५, २०८१

अछाम । अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना६ख ८३१९ नम्बरको टिप्पर कच्ची सडक भाँसिएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर टिप्परमा सवार चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल अछाम पठाएको छ। घटनाको पूर्ण विवरण आउँन बाकि छ।


Published :साउन २५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media