पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

राष्ट्रपाटी न्युज

साउन ३०, २०८१

काठमाडौं । पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ।

पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ।


Published :साउन ३०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media