एमाले काठमाडौं क्षेत्र नम्बर ४ को सचिवमा सरस्वती कार्की

काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ समन्वय कमिटिको सचिवमा सरस्वती कार्की चयन भएकी छन्। लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेकी कार्कीको आफ्नै राजनीतिक इतिहाँस छ।

आज भन्दा ५१ बर्ष अगाडी ओखल्ढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका ४ मा जन्मिएकी कार्कीले २०४६ साल देखि धनुषाको बेगाडावार स्कुलबाट राजनीति शुरु गरेकी थिइन् । २०४८ साल पछिबाट काठमाडौं महानगरपालिका-७ मा जोडिएर उनले राजनीतिमा योगदान दिएकि थिइन्। २०५५ सालदेखि नेकपा एमालेका टोल कमिटि, वडा कमिटि ,दुइ पटक क्षेत्रीय कमिटि हुँदै तिन कार्यकाल नेकपा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य बन्न सफल भएकी छन् । उनले बिभिन्न वडा कमिटिको इन्चार्जको रुपमा आफ्नो जिम्वेवारी बहन गरिसकेकी छन्।

हालै बसेको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकले नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ समन्वय कमिटिको सचिवमा सरस्वती कार्कीलाई चयन गरेको थियो ।

राष्ट्रपाटिसंग कुराकानी गर्दै कार्कीले आफू पार्टीको काममा निरन्तर लागिपर्ने बताउंदै प्राप्त जिम्बेवारीलाइ कुशलता पुर्वक बहन गर्ने बताएकी छन्।


Published :भदौ १, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media