जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् ।

भुकम्प प्रभावित यो परिवार अस्थाई टहरामा बस्दै आएका बताइएको छ । घटनाको विवरण आउन बाँकी रहेको छ ।


Published :भदौ ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media