नागढुंगा पहिरो अपडेट: सडक एकतर्फी खुल्यो

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा नजिकै पहिरो खस्दा अवरुद्ध रहेको सडक एकतर्फी खुलेको छ ।

त्रिभुवन राजपथ अन्तर्गत काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा झ्याप्ले खोला नजिकै बिहान करिब दश बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

अहिले धादिङ र काठमाडौं तर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको प्रहरीले जनाएको छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिँदा सडक अवरुद्ध खुलाउन समय लागेको छ । सडक पूर्ण रुपले सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ ।


Published :भदौ ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media