आँबुखैरेनी बस दुर्घटनाका मृतकको शव भारत लगियो

चितवन ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव
भारतीय सेनाको जहाजले चितवनबाट लागेको छ ।

जहाजले मृतक २७ जनाकै शव भारत लगेको प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपाल आएकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसेले जानकारी दिएकी हुन् ।

पोखराबाट काठमाडौंतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा शुक्रबार २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकको शव पोष्टमार्टम चितवनको भरतपुर अस्पतालमा गरिएको छ ।

२७ जनाकै पोष्टमार्टम सकिएपछि भारतीय पक्षले शव आजै व्गरतीय सेनाको जहाज वाट लागेको हो । राज्यमन्त्री रक्षा खड्से आजै नेपाल आएकी थिइन्।

उनले काठमाडौँमा महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेरै घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएपछि चितवन पुगेकी थिइन् ।


Published :भदौ ८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media