बुढानीलकण्ठ नगरपालिकामा राजेश हमालद्वारा कपडा बैंकको उद्घाटन हुने

राष्ट्रपाटी न्युज

२६ भाद्र २०८१

बुढानीलकण्ठ। बुढानीलकण्ठ नगरपालिकामा कपडा बैंकको उद्घाटन हुने भएको छ। भाद्र २७ गते महानायक राजेश हमालद्वारा नगरपालिकामा कपडा बैंकको उद्घाटन हुने बताइएको छ।

कोहि कपडा बिहिन नरहून भन्ने मुलमन्त्र लाई आत्मासाथ गर्दै देशका सातै प्रदेशमा कपडा बैंक संचालनमा ल्याएको क्लोथ बैंक नेपालले बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा यस कार्यक्रम संचालन गर्न लागेको हो ।

उद्घाटन समारोह दिउँसो २ बजे नगरपालिकामा संचालन हुने भएकाले प्रयोगमा नआएको लत्ताकपडा, झोला, जुत्ता, बेल्ट तथा पुस्तक पुस्तिकाहरु पुन : प्रशोधन गरेर आवश्यक पर्नेहरु सबैका लागि निःशुल्क वितरण गर्ने यो कार्यक्रममा सहभागी हुन क्लोथ नगरपालिकाले अनुरोध गरेको छ ।


Published :२६ भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media