एमाले बुढानिलकण्ठले बुझायो लाखौंको हस्ताक्षर

राष्ट्रपाटी न्युज

३० भाद्र २०८१

काठमाडौं । नदि खोलानालाको किनाराबाट थप २० मिटर छोड्नु भन्ने सर्वोच्च अदालतले गरेको फैसलालाई पुनरावलोकन गर्नुपर्ने माग गर्दे नेकपा (एमाले) बूढानीलकण्ठले संचालन गरेको हस्ताक्षर अभियानको हस्ताक्षर सहितका सामाग्रीहरु बूढानीलकण्ठ नगरपालिकामा नगर प्रमुखलाई बुझाउने कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमाले बूढानीलकण्ठका अध्यक्ष प्रदिप डंगोल तथा सचिव श्री कृष्ण श्रेष्ठ सहितको सयौंको संख्यामा रहेको टोलीले नेकपा (एमाले) बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडा पार्टी कमिटीले संकलन गरेको उक्त सामग्री नगरप्रमुख मार्फत प्रधानमन्त्रीलाइ बुझाएको हो।

नागरिकको घर ढाल्ने, उठिबास गर्ने कुरा अमानविय भएको भन्दै सरकार र अदालतलाई यो कुरामा सचेत रहन आग्रह गर्दै नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोलले हस्ताक्षरपत्र लगायतका सामग्रीहरु हस्तान्तरण गरेका थिए।

नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको आव्हानमा भाद्र २६, २७, २८ र २९ गते सम्म बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडाका चोकचोकमा हस्ताक्षर संकलन गरिएको थियो।


Published :३० भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media