बालउद्धारमा बालउद्धार स्काउट ट्रुप दीक्षान्त कार्यक्रमको आयोजना (फोटो फिचर)

राष्ट्रपाटी न्युज

अशोज ११, २०८१

काठमाडौँ । बालउद्धार माध्यमिक विद्यालयमा बालउद्धार स्काउट ट्रुप दीक्षान्त कार्यक्रमको आयोजना गरिएको छ ।

रमाइलो शुक्रबारको अवसरमा असोज ११ गते विद्यालय हातामा आयोजना गरिएको सो दीक्षान्त समारोहको प्रमुख अतिथिका रुपमा  रहेकी बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर तथा नगर स्काउट प्रमुख अनिता लामाले बालउद्धारका ४८ जना विद्यार्थीहरुलाई प्रमाणपत्रलगायत स्काउटसँग सम्बन्धित सामग्रीहरु प्रदान गरी दीक्षित गरेकी थिइन् ।

सोही अवसरमा स्काउटअन्तर्गत बालउद्धार दल समिति गठन गरिएको थियो । विद्यालयका प्रधानाध्यापक विनोद पण्डितको अध्यक्षतामा गठित बालउद्धार दल समितिको सदस्यमा विव्यस सदस्य एवं शिक्षक प्रतिनिधि सन्तोष लुईटेल, अतिरिक्ति क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी र स्काउट मास्टर स्वीकृति पण्डित सदस्य रहेका छन् भने सदस्य-सचिवमा विद्यालयका परीक्षा प्रमुख एवं स्काउट मास्टर वामदेव भट्ट रहेका छन् ।

सो अवसरमा बालउद्धार स्काउटमा रहेका दल समितिका अध्यक्षलगायत सदस्य, सदस्य-सचिव र विद्यार्थीहरुलाई सपथ ग्रहणसमेत गराइएको थियो ।

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन स्काउट मास्टर वामदेव भट्टले गरेका थिए ।

बुनपा नगर स्काउट परिषद्का सदस्यहरु राजकुमार खड्का, राजाराम भण्डारी तथा स्वस्तिक कार्कीको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख अनिता लामालगायतका उपस्थित सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाल, पूर्व प्रधानाध्यापक होमप्रसाद वाग्लेलगायत विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दुई सत्रमा आयोजना गरिएको सो समारोहको पहिलो सत्रमा धार्मिकसभाको समेत आयोजना गरिएको थियो । सो अवसरमा धर्मसम्बन्धी विभिन्न भजन गाएर कार्यक्रमलाई भव्य र सभ्य बनाइएको थियो ।


Published :अशोज ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media