सप्तकोशीको बहाव बढ्यो, कोशी ब्यारेजका सबै ५६ ढोका खोलियो

राष्ट्रपाटी न्युज

अशोज १२, २०८१

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

शनिबार सप्तकोशीमा बिहान ८ बजे चार लाख १९ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा अहिले एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।


Published :अशोज १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media