नारायणगढ-मुग्लिङ सडकको ९ किलोमा सडक भाँसियो

राष्ट्रपाटी न्युज

अशोज १२, २०८१

चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ ।

सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ ।

भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।

लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।


Published :अशोज १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media