बालउद्धारमा पुरस्कार वितरण कार्यक्रमको आयोजना (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१३ आश्विन २०८१

काठमाडौँ । बालउद्धार माध्यमिक विद्यालयमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सो विद्यालयले मासिक परीक्षा र नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने र नेपाली विषयमा टार्गेट पूरा गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे, प्रधानाध्यापक विनोद पण्डित तथा सहायक प्रधानाध्यापक मुरारीकुमार ढकालले प्रथम, द्वितीय, तृतीय र नेपाली विषय शिक्षकले दिएको टार्गेट पूरा गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरेका थिए ।

भदौ महिनामा लिइएको नेपाली विषयको मासिक परीक्षामा कक्षा १० को सेक्सन एबाट प्रथम, द्वितीय र तृतीय क्रमशः तृष्णा अधिकारी, रविनाकुमारी ठाकुर र दीपा पौडेल भएका थिए । त्यसैगरी सोही कक्षाको सेक्सन बीबाट प्रथम सफलता श्रेष्ठ, द्वितीय विशाल चौलागाई र तृतीय नितिश यादव भए । साथै सोही कक्षाबाट टार्गेट पूरा गर्नेमा बबिना बखती रहेकी छिन् । यस्तै सोही कक्षाको सेक्सन सीबाट प्रथम, द्वितीय र तृतीय हुनेहरुमा क्रमशः बबिना कार्की, रितेश गिरी र बिबिसा बस्नेत रहेका छन् ।

यसैगरी नेपाली विषयमै भदौ महिनाको मासिक परीक्षामा कक्षा ९ को सेक्सन एबाट प्रथम करिणा गौतम, द्वितीय प्राञ्जल रेग्मी र तृतीय आयुसा लामा रहेका छन् । त्यस्तै सोही कक्षाको सेक्सन बीबाट स्मृति जिमी प्रथम, सुस्मिता गुरुङ द्वितीय र श्याम थामी तृतीय भए भने सेक्सन सीबाट प्रथम कोपिला काफ्ले, द्वितीय सोनिया सुनार र तृतीय सन्दिप कार्की भए । कक्षा १० को सेक्सन ए, बी, सी र कक्षा ९ को सेक्सन एमा शिक्षक मनोजकुमार खतिवडाले अध्यापन गराउँदै आएका छन् भने कक्षा ९ को सेक्सन बी र सीमा शिक्षिका कृष्णकुमारी शर्माले अध्यापन गराउँदै आएको विद्यालयले जनाएको छ ।

सोही कार्यक्रममा कक्षा ५ को सेक्सन एबाट बुढानीलकण्ठ विषयमा प्रथम अर्जुन पोखरेल, द्वितीय बाबुराम पोखरेल र तृतीय असल बुढा भए भने सोही कक्षाको सेक्सन बीबाट सामाजिक विषयमा नवीन धमला प्रथम, संवृद्धि विष्ट द्वितीय र जस्तिका राईले तृतीय स्थान प्राप्त गरे । यसैगरी कक्षा ६ को सेक्सन एबाट सामाजिक विषयमा सृष्टि विष्ट प्रथम, युना राई द्वितीय र विशाल खड्का तृतीय भए । त्यस्तै सोही कक्षाको सेक्सन बीबाट सामाजिक विषयमै जीवन मडै प्रथम, दीक्षा शाही द्वितीय र बिमा बोहरा तृतीय भई पुरस्कृत भए । यसैगरी कक्षा ७ को सेक्सन एबाट सामाजिक विषयमा प्रथम विपिन विष्ट, द्वितीय रेजिना गिरी र तृतीय ईश्वरी नेपाली भएका थिए । उल्लेखित कक्षाहरुमा शिक्षिका रीता पाण्डेयले शिक्षण गराउँदै आएकी छिन् ।

यसका साथै सोही पुरस्कार वितरण कार्यक्रममा विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । प्रथम (समूह नृत्य) हुनेहरुमा रिया भुजेल, करिणा गौतम, शिक्षा दाहाल, आयुसा लामा, पवित्रा नेपाली र अञ्जली चौधरी रहेका छन् भने द्वितीय (समूह नृत्य) श्रेता पौडेल र स्मृति रोकाय भए । त्यसैगरी तृतीय स्थान खुसी मगरले प्राप्त गरेकी थिइन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक प्रतिनिधि सन्तोष लुईटेलले सञ्चालन गरेको सो पुरस्कार वितरण कार्यक्रममा परीक्षा प्रमुख वामदेव भट्ट, अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकीलगायतका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 


Published :१३ आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media