बालउद्धारमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना (फोटो फिचर)

राष्ट्रपाटी न्युज

१६ आश्विन २०८१

काठमाडौँ । बालउद्धार माध्यमिक विद्यालयमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सो विद्यालयले असोज १६ गते बुधबार बडादशैं, तिहार, नेपाल संवत् ११४५ तथा छठ पर्वको उपलक्ष्यमा एकमुष्ठ रुपमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितको अध्यक्षतामा आयोजित सो शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले रमाइला गीतहरुमा नृत्य प्रस्तुत गरेर सो कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।

सो कार्यक्रमअघि बडादशैंको शुभकामना आदानप्रदान गर्ने सन्दर्भमा विद्यालयका प्रधानाध्यापक पण्डितले उपस्थित विद्यार्थीहरुलाई टीका तथा जमरा लगाएर आशीर्वाद दिएका थिए ।

कक्षा ८ का विद्यार्थीहरु माया तामाङ तथा लक्ष्मी नेपालीले सञ्चालन गरेको सो कार्यक्रममा सहायक प्रधानाध्यापक मुरारीकुमार ढकाल, परीक्षा प्रमुख वामदेव भट्ट, अतिरिक्त क्रियाकलाप संयोजक राजेन्द्र बुढाथोकी, निमावि तह इन्चार्ज नगेन्द्र खरेल, पूर्व प्रधानाध्यापकहरु होमप्रसाद वाग्ले, अहिल्या भट्टराईलगायतका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

बडादशैं, तिहार, छठलगायतका पर्वहरु परेको हुनाले विद्यालय आगामी कात्तिक २५ गते आइतबारबाट नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।


Published :१६ आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media