खुर्कोट–घुर्मी खण्ड एकतर्फी सञ्चालनमा

राष्ट्रपाटी न्युज

अशोज १८, २०८१

काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड बिहीबारदेखि एकतर्फी रुपमा खुलेको छ ।

केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।

राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर प्रयासमा बिहीबार दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको सिन्धुली गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मध्यपहाडी सडक आयोजना तथा स्थानीय गोलञ्जोर र फिक्कल गाउँपालिकाको सहयोग र समन्वयमा घुर्मीबाट दुई र खुर्कोटबाट दुईवटा स्काभेटर प्रयोग गरी एकतर्फी रुपमा सडक सञ्चालन ल्याइएको हो ।


Published :अशोज १८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media