सिन्धुलीमा बस दुर्घटना, दुईजनाको मृत्यु

राष्ट्रपाटी न्युज

अशोज २१, २०८१

कमलामाई (सिन्धुली) । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको छ । दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले बताए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Published :अशोज २१, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media