रामेछापको भीरपानीमा बस दुर्घटना, एकको मृत्यु, १२ जना घाइते

राष्ट्रपाटी न्युज

अशोज २३, २०८१

रामेछाप । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ।

मङ्गलबार साँझ काठमाडौँबाट मन्थली हुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले जानकारी दिए।

दुर्घटनामा परी घाइते श्रेष्ठको उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए।

कूल ३५ जना सवार बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।


Published :अशोज २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media