पलाञ्चोक भगवतीमा दर्शनार्थीको भीड

राष्ट्रपाटी न्युज

अशोज २३, २०८१

काभ्रेपलाञ्चोक । नवरात्रका अवसरमा पाँचखालस्थित पलाञ्चोक भगवतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन्।

वि.सं. ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ।

बुच्चाकोटमा रहेको पलाञ्चोक भगवतीले एक स्थानीय एक वृद्धलाई सपनामा आफ्नो मूर्ति उक्त स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको जनश्रुति छ। त्यसअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हाल मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र अर्को दिन बिहान उठाएर लैजाने प्रयास गर्दा उठाउन नसकेपछि स्थानीय ६० घरका मानिसले पनि उठाउन नसकेपछि सोही स्थानमा देवीको उक्त मूर्ति राखेर पूजा हुन थालेको हो।

पलाञ्चोक भगवतीथानमा १९९० सालको भूकम्पमा खासै क्षति नभएको स्थनीय ज्येष्ठ नागरिकहरू बताउँछन्। देवीको मूर्तिको शिर थोरै पश्चिमतिर ढल्किएको छ। वि.सं. २०७२ को भूकम्पले पनि मन्दिरमा सामान्य क्षति भएको थियो। पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वासमा देशका विभिन्न स्थानका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन्।


Published :अशोज २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media