बुटवलको डुम्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एकजना घाइते

राष्ट्रपाटी न्युज

अशोज २३, २०८१

पाल्पा । बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ डुम्रेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा रामपुर नगरपालिका–१ हाँगेपिपलका २२ वर्षीय नारायण ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्बासे बताए।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु३१प ६५०७ नम्बरको मोटरसाइकलले सोही दिशाबाट आउँदै गरेको लु२ख ४६३१ नम्बरको टिपरलाई उछिन्ने क्रममा दुर्घटना भएको हो।

मोटरसाइकल चालक ठकुरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रामपुर–१ हाँगेपिपलका १८ वर्षीय प्रवीण ठकुरी घाइते भएका छन्। उनको सोही कलेजमा उपचार भइरहेको छ।


Published :अशोज २३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media