काभा यु–२० भलिबलको उपाधि उज्बेकिस्तानलाई, नेपाल पराजित

राष्ट्रपाटी न्युज

२७ आश्विन २०८१

काठमाडौं । श्रीलंकामा जारी काभा यु–२० भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ । शनिबार सम्पन्न फाइनल खेलमा उज्बेकिस्तानसँग ३–१ सेटमा पराजित भएको हो ।

यस फाइनलमा नेपालले पहिलो सेट जितेको भएपनि त्यसपछि उज्बेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो । नेपालले पहिलो सेट २७–२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले जितेको थियो ।

यस अघि लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेर नेपाल उज्वेकिस्तान र नेपाल फाइनल खेलेका हुन् । नेपाल लिगचरणको खेलमा पनि उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।


Published :२७ आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media