महिला टी-२० विश्वकपमा इङ्गल्यान्डलाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजको जित

राष्ट्रपाटी न्युज

३० आश्विन २०८१

यूएई । महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण तय भएको छ।

मंगलबार भएको खेलमा इङ्गल्यान्डलाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले समूहमा पहिलो स्थान हात पारेको छ।

दक्षिण अफ्रिका, इङ्गल्यान्ड र वेस्ट इन्डिजले बराबर ६ अङ्क बनाए पनि रन रेटको आधारमा दक्षिण अफ्रिका दोस्रो भएको हो।

सेमिफाइनलमा वेस्ट इन्डिजले न्युजिल्यान्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्ने छन्।

इङ्गल्यान्डले दिएको १४२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २ ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा १४४ रन जोडेको हो ।


Published :३० आश्विन २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media