अमेरिकाविरुद्ध नेपालको रोमाञ्चक जित

राष्ट्रपाटी न्युज

४ कार्तिक २०८१

काठमाडौं । नेपालले अमेरिकाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। आइतबार डालासमा भएको टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो।

यससँगै नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जितेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रन बनाए। भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै अनिल साहले २५, गुल्शन झाले १९ र रोहित पौडेलले १८ रन बनाए।

जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल टाइ भएको थियो। अमेरिकाका लागि एन्ड्रीज गौजले सर्वाधिक ६२ रन बनाए। त्यस्तै सैतेजा मुक्कामालाले ४७, मिलिन्द कुमारले १५ र सयान जहगिंरले १४ रन बनाए। नेपालले यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो ।


Published :४ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media