महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई, दक्षिण अफ्रिका पराजित

राष्ट्रपाटी न्युज

५ कार्तिक २०८१

काठमाडौँ । न्युजिल्यान्डले पहिलो पटक टी–२० महिला विश्वकपको उपाधि जितेको छ। आइतबार राति यूएईमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्यान्डले उपाधि जितेको हो।

यूएईमा भएको फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले टस जितेर सुरुमा न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा दिएको १५८ रन बनाएको थियो। १५९ रनको लक्ष्य भेट्न नसक्दा दक्षिण अफ्रिका उपविजेतामा सीमित बनेको हो।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १२६ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्ड सेमिफाइनलमा वेस्ट इन्डिजलाई पराजित गर्दै फाइनल प्रवेश थियो भने दक्षिण अफ्रिका अस्ट्रेलियालाई हराउँदै फाइनल पुगेको थियो ।


Published :५ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media