साफ महिला च्याम्पियनसिपमा माल्दिभ्समाथि नेपालको ११-० गोल वर्षा

राष्ट्रपाटी न्युज

५ कार्तिक २०८१

काठमाडाैं ।नेपालले सोमवार माल्दिभ्समाथि फराकिलो जित निकाल्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

दशरथ रंगशालामा भएको समूह बी को खेलमा नेपालले माल्दिभ्समाथि ११–० को गोल वर्षा गरेको हो । नेपालका लागि रेखा पौडेलले ५ गोल, प्रीति राईले ३ गोल तथा सविता रानामगर, अमिसा कार्की र अनिता केसीले समान एक गोल गरे ।

यो जितसँगै नेपालले समूह विजेताको लक्ष्य कायमै राखेको छ । उपाधि लक्ष्यसहित प्रतियोगितामा उत्रिएको नेपालको शुरूवात राम्रो हुन सकेन । पहिलो खेलमा गोल गर्न असफल रहँदा पहिलोपल्ट भूटानसँग अंक बांडेको थियो । तर प्रतियोगिताकै कमजोर मानिएको माल्दिभ्समाथि भने पूर्ण हाबी भयो ।

चार राष्ट्र रहेको समूहमा समान दुई खेलबाट नेपाल र भुटानको समान चार अंक छ । दुई खेल नै खेलेको श्रीलंकाको तीन अंक र माल्दिभ्स अंकविहीन छ । लगातार दोस्रो हारसककंगै माल्दिभ्सको यात्रा समूहचरणमै टुंगिने भएको छ । सोमवार नै भूटानले श्रीलंकालाई ४–१ ले हराएको थियो ।


Published :५ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media