त्रिविले अर्को वर्षदेखि अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्न सोध्ने

राष्ट्रपाटी न्युज

कार्तिक ५, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अर्को वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी र नेपाली भाषामा सोध्ने निर्णय गरेको छ । 

शिक्षामन्त्री विद्या भट्टराईले अर्को वर्षदेखि सबै संकायहरूको स्नातक तहका प्रश्नपत्र तयार गदा दुवै भाषामा सोध्ने निर्णय गरेको बताइन् ।

उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरिएको छ । 

हाललाई शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानून संकायको स्नातक तहको परीक्षामा नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिने बताइएको छ ।


Published :कार्तिक ५, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media