अमेरिकी ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

राष्ट्रपाटी न्युज

कार्तिक ७, २०८१

काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँगको त्रिकोणात्मक एकदिवसीय खेलको तयारीमा रहेको नेपालले अमेरिकी ‘ए’ टोलीसँगको अभ्यास खेलमा कमजोर ब्याटिङ गरेको छ।

टी-२० सिरिज ‘क्लिन स्विप’ गरेर लयमा फर्किएको विश्वास गरिएको नेपाली टोली मंगलबार राति भएको खेलमा ८१ रनमात्र बनाउन सक्यो ।

८२ रनको कमजोर लक्ष्य पछ्याएको अमेरिका ए ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए पनि टिमको कमजोर स्कोर जोगाउन भने सकेनन् । अमेरिकाका लागि नितिश रेड्डीले २९ रन बनाउँदा राहुल जरिवालालाले २६ रन बनाए।

त्यस्तै, सञ्जय कृष्णमूर्तीले १० रन बनाएका थिए । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले समान १-१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २५.२ ओभरमा ८१ रन मात्र बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १८ रन बनाए।

उनी बाहेक देव खनालले १२ रन बनाउँदा कप्तान रोहित पौडेलले ११ तथा भीम सार्कीले १० रन बनाए। अमेरिकाका लागि आरिन नदकर्नीले ४ विकेट हात पारे।

त्यस्तै आयान देसाईले २ तथा पारादकर, उत्कर्ष श्रीवास्ता र अलिशेखले १-१ विकेट लिए।

 


Published :कार्तिक ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media