भारतलाई ३–१ गोलले पराजित गर्दै बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

राष्ट्रपाटी न्युज

कार्तिक ८, २०८१

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बनेर सेमिफाइनलमा पुगेको हो ।

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवै देशबाट कुनै गोल हुन सकेन र बंगलादेशले खेल जित्यो ।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् ।


Published :कार्तिक ८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media