साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई, नेपाल पराजित

राष्ट्रपाटी न्युज

कार्तिक १४, २०८१

काठमाडौं । नेपाललाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २-१ गोलले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो।

बंगलादेशले खेलको ५२औं र ८१औं मिनेटमा गोल गरेको थियो। पहिलो हाफ बराबरीमा रोकिएको खेल त्यसपछि रोमाञ्चक बनेको थियो। खेलको ५२औं मिनेटमा बंगलादलेश गोल गर्दै अग्रता लिएको थियो। त्यसको तीन मिनेटमै नेपालले गोल फर्काएको थियो। नेपालका लागि अमिशा कार्कीले गोल फर्काएकी थिइन्।

खेलको ८१औं मिनेटमा बंगलादेशले शानदार गोल गर्दै जित सुनिश्चित गरेको थियो ।


Published :कार्तिक १४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media