हङकङ सिक्सेसः इंग्ल्यान्डमाथि नेपालको ६ विकेटको ऐतिहासिक जित

राष्ट्रपाटी न्युज

१६ कार्तिक २०८१

काठमाडौँ । हङकङ सिक्सेस क्रिकेटमा नेपालले तीन पटकको विजेता इंग्ल्यान्डमाथि ऐतिहासिक जित हासिल गरेको छ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको हो। टस हारेर पहिला ब्याटिङमा उत्रिएको तीन पटकको विजेता इंग्ल्यान्डले ३ विकेट गुमाउँदै ९७ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुनै पनि विकेट नगुमाई ४.२ ओभरमा लक्ष्य पूरा गर्‍यो। नेपालका कप्तान सन्दीप जोराले अविजित ७१ रन बनाए। उनले १७ बलमा ५ चौका ८ छक्का प्रहार गरे।

यस्तै, लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २० रनको योगदान दिए।


Published :१६ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media