आइसीसी विश्वकप लिग–२: अमेरिकासँग नेपाल ३७ रनले पराजित

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०८१

काठमाडाैं । नेपाल आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ । यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २८१ रन बनाएको थियो ।

यो जितपछि अमेरिका लिग–२ को शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १२ खेलमा १६ अंक भएको छ । त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ ।

अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।


Published :कार्तिक १८, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media