प्रधानमन्त्री ओली बिरामी, नियमित भेटघाट बन्द

राष्ट्रपाटी न्युज

कार्तिक २०, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेपछि घरमै आराम गरिरहेको बताइएको छ । हिजोदेखि ज्वरो आएपछि आजका नियमित भेटघाटका कार्यक्रम सवै बन्द गरिएको प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको अवस्था सामान्य रहेको र वालुवाटारस्थित निवासमै आराम गरिरहेको बताइएको छ ।


Published :कार्तिक २०, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media