प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, सबै रिपोर्ट सामान्य

राष्ट्रपाटी न्युज

२१ कार्तिक २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको र स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।

बिरामी परेपछि प्रधानमन्त्री ओली मंगलबारदेखि सबै भेटघाट पनि बन्द गरेर बालुवाटार स्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।


Published :२१ कार्तिक २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media